दफा २०
मनोनयनपत्रको जाँच
(१) दफा १९ बमोजिम दर्ता भएको मनोनयनपत्र जाँच गर्न निर्वाचन
कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा उम्मेदवार वा निजको प्रस्तावक, समर्थक वा निजले लिखित रुपमा अधिकार दिएको एकजना प्रतिनिधि उपस्थित हुनु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) मा उल्लेख गरिएका व्यक्तिको उपस्थितिमा त्यस्ता सम्पूर्ण उम्मेदवारको मनोनयनपत्र जाँच गर्नेछ ।
तर त्यसरी उपस्थित हुनु पर्ने कुनै उम्मेदवार वा निजको प्रस्तावक, समर्थक वा प्रतिनिधि उपस्थित नभएमा पनि मनोनयनपत्र जाँच गर्न र त्यस सम्बन्धमा कानून बमोजिम निर्णय गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।
(३) देहायको अवस्थामा निर्वाचन अधिकृतले यस दफा बमोजिम गर्नु पर्ने मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गर्न सक्नेछः-
(क) मनोनयनपत्र जाँच गर्ने स्थानमा त्यसरी जाँच गर्ने समयमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भएमा, वा
(ख) प्राकृतिक विपद्को कारणले काबुबाहिरको परिस्थिति उत्पन्न भएमा ।
(४) उपदफा (३) बमोजिम मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएमा निर्वाचन अधिकृतले समय र स्थान तोकी यथासम्भव छिटो मनोनयनपत्रको जाँच गर्नु पर्नेछ ।
(५) मनोनयनपत्रको जाँच सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।